बिहीबार , वैशाख २७ गते २०८१

कोरोनापछि चीनमा देखिएको ‘रहस्यमय निमोनिया’ अमेरिका–युरोपसम्म फैलियो

कोरोनापछि चीनमा देखिएको ‘रहस्यमय निमोनिया’ अमेरिका–युरोपसम्म फैलियो

अखबार दैनिक
आइतबार, मंसिर १७ २०८०
  • कोरोनापछि चीनमा देखिएको ‘रहस्यमय निमोनिया’ अमेरिका–युरोपसम्म फैलियो

    काठमाडौं । चीनमा बालबालिकामा देखिएको रहस्यमय निमोनिया युरोप र अमेरिकासम्म फैलिएको छ । चीनमा देखिएको निमोनिया यतिबेला विश्वका ९ वटा देशमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    पछिल्लो समय स्वीट्जरल्याण्ड र स्वीडेनमा चिनियाँ निमोनिया जस्तै लक्षण देखिएका छन् । रहस्यमय निमोनिया फैलिन थालेपछि भारतसहित ५ देशले सतर्कता अपनाउन थालेका छन् ।

    यतिबेला सबै देशले चीनमा फैलिएको निमोनियासँग सम्बन्धित तथ्यांक मागिरहेका छन् तर चीनले यसलाई सामान्य ब्याक्टेरिया संक्रमण भनेको छ ।

    पछिल्लो समय युरोपका धेरै देशमा निमोनियाको संक्रमण तीव्रगतिमा बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यी देशमा पनि धेरैजसो बालबालिकालाई श्वास फेर्न समस्या हुने गरेको छ । यसअघि चीनबाटै सुरुआत भएको कोरोना भाइरस संसारभर फैलिएर महामारीको रुप लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार