बुधबार, वैशाख २६ गते २०८१

खाली पेट खाउनुहोस् सुकमेल, टाढा रहन्छन् यी रोग

खाली पेट खाउनुहोस् सुकमेल, टाढा रहन्छन् यी रोग

अखबार दैनिक
आइतबार, मंसिर १७ २०८०
  • खाली पेट खाउनुहोस् सुकमेल, टाढा रहन्छन् यी रोग

    एजेन्सी । हरियो सुकमेल स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

    images

    बिहान खालीपेट एउटा सुकमेल खाँदा पनि धेरै रोग टाढा भगाउन सकिन्छ । यसका फाइदा जान्नुहोस् ।

    सुकमेलमा फाइबर, भिटामिन सी, सोडियमको राम्रो स्रोत मानिन्छ । यसबाहेक यसमा आइरन, पोटाशियम जस्ता पोषक तत्व पनि पाइन्छ ।

    खाली पेट एउटा सुकमेल खानाले कब्जियत, अपच र ग्यासको समस्या कम हुन्छ । साथमा यो खानाले पाचन प्रणाली पनि राम्रो हुन्छ ।

    यदि तपाईंलाई धेरै भोक लाग्दैन भने बिहान उठेर तातो पानीसँग एउटा सुकमेल खानुहोस् । यसले भोक बढाउनुका साथै शरीरको कमजोरी पनि भाग्छ ।

    खाली पेट सुकमेल खानाले रक्तसञ्चार पनि राम्रो हुन्छ जसले गर्दा रक्तचाप पनि सामान्य हुन्छ । यसका लागि सुकमेललाई तातो पानीमा उमालेर पिउनुहोस् ।

    खाली पेट सुकमेल खानाले कपाल बलियो हुन्छ । सुकमेलमा पाइने पोषक तत्वले कपाल झर्न रोक्नुका साथै कपाल बाक्लो र कालो पनि बनाउँछ ।

    पेट ठिक नहुँदा मुखमा घाउ हुन्छन् । यस्तो समस्याबाट छुट्कारा पाउनका लागि पनि खाली पेट सुकमेल सेवन गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार