आइतबार, जेठ ६ गते २०८१

पैसाका लागि छोरीको लासको बिहे !

पैसाका लागि छोरीको लासको बिहे !

अखबार दैनिक
बिहीबार , मंसिर १४ २०८०
  • पैसाका लागि छोरीको लासको बिहे !

    एक दम्पतिमाथि आफ्नै १६ वर्षे छोरीको शव बिक्री गरेको आरोप लागेको छ । आत्महत्या गरेकी छोरीको लासलाई उनकै बुवाआमाले भूत बेहुली अर्थात् घोस्ट ब्राइडको रुपमा बेचिदिएको दाबी गरिएको छ । मृतक किशोरीलाई सो दम्पतिले धर्मपुत्री बनाएका थिए ।

    images

    आफ्नै छोरीको लास बेचेको आरोप लागेका दम्पतीबाट पुलिसले करिब १३ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको छ । तथापि प्रहरीले उनीहरु माथि मुद्दा चलाउन भने अस्वीकार गरेको छ ।

    यो घटना चीनको शांगडोंग प्रान्तको हो । साउथ चाइना मर्निंग पोष्टका अनुसार एकजना पुरुषले आफू मृतक किशोरीको वास्तविक पिता रहेको दाबी गरेका छन् । आफ्नी छोरी जियाओदानले भवनको नवौं तलाबाट हाम फालेर गतवर्ष डिसेम्बरमा आत्महत्या गरेकी उनले बताएका छन् ।

    आफ्नी छोरीलाई धर्मपुत्री बनाएका पुरुषले उनलाई दु:ख दिएका कारण आत्महत्या गरेको जिकिर ती पुरुषको छ । सन् २००६ मा आफु र आफ्नी पत्नीले आफ्नी छोरीलाई उक्त दम्पतीलाई धर्मसन्तानको रुपमा दिएको दाबी उनले गरेका छन् ।

    आफ्ना पहिले नै जुम्ल्याहा सन्तान भएको र लालनपालनका लागि पर्याप्त पैसा हुँदा उनीहरुले ती छोरी अर्को निसन्तान दम्पतिलाई दिएका थिए । छोरीको मृत्युपछि उनका धर्मपिताले उनको शवलाई एउटा अर्को शवसँग बिहे गराइदिएको दाबी ती पुरुषको छ । यसका लागि उनले पैसा लिएका थिए ।

    स्मरण रहोस् चीनका विभिन्न ग्रामीण इलाकामा मृतक व्यक्तिका लासहरुबीच विवाह गराइदिने परम्परा तीन हजार वर्ष अघिदेखि चलिआएको छ । बिहे नहुँदै कुनै व्यक्तिको मृत्यु भयो भने उसको आत्माले आफन्तहरुलाई पिरोल्ने जनविश्वासका आधारमा मृतक व्यक्तिको लासको बिहे गर्ने चलन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार