आइतबार, जेठ ६ गते २०८१

सिंगापुरमा थोत्रा बसबाट लक्जरी होटल तयार

सिंगापुरमा थोत्रा बसबाट लक्जरी होटल तयार

अखबार दैनिक
सोमबार, मंसिर ११ २०८०
  • सिंगापुरमा थोत्रा बसबाट लक्जरी होटल तयार

    एजेन्सी - सिंगापुरमा बसमा चढ्न एक सिंगापुर डलर मात्रै तिरे पुग्छ । तर एउटा बसमा निदाउन भने ३९८ सिंगापुर डलर तिर्नुपर्छ । यी बस कलेक्टिभका हुन् । जहाँ थोत्रा भएर चलाउन छाडिएका बसहरुको मर्मत सम्भार गरेर यिनलाई लक्जरी होटलका कोठामा परिणत गरिएका छन् ।

    images

     सार्वजनिक बस सेवा प्रदायक एसबीसी ट्रान्जिटको २० वटा पुराना बसलाई रेनोभेट गरेर होटलका कोठाको रुपमा चलाउन लागिएको हो । यो होटल डिसेम्बर १ देखि औपचारिक रुपमा खुल्दैछ । बुकिङ भने होटलको वेबसाइटमा अहिले नै पनि गर्न पाइन्छ । 

    बस कलेक्टिभ सिंगापुरका छाङ्गी गाउँमा छ । यो होटल करीब ८ हजार ६०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो होटलमा सात थरीका कोठाहरु छन् । हरेक श्रेणीका कोठा फरक फरक छन् । तर सबै हरेक कोठा ४५ वर्ग मिटरका छन् । एउटामा ३ देखि ४ अतिथि अटाउन सक्छन् । केही कोठामा बाथटब र किङ्ग साइजको बेड पनि छन् । अधिकांश भित्री हिस्सा निकालिएको भएपनि स्टेरिङ ह्विल, चालकको सिट र झ्यालहरु भने बसकै छन् । 

    पर्यटन, प्रकृति र वातावरणलाई जोगाउने विषयलाई एकै साथ कसरी लैजान सकिन्छ भनेर यो प्रयोग गरिएको बस कलेक्टिभको अवधारणा अगाडि सारिएको यसका संस्थापक सिंगापुरको ट्राभल एजेन्सी डब्लयूटएिस ट्राभल एन्ड टुर्सलले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार