शनिबार, जेठ ५ गते २०८१

अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली खेलाडीको वर्चस्व

अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली खेलाडीको वर्चस्व

अखबार दैनिक
आइतबार, मंसिर १० २०८०
  • अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली खेलाडीको वर्चस्व

    १० मंसिर, पोखरा । नेपाल पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री दौडमा नेपाली खेलाडीले वर्चस्व कायम गरेका छन् । सामूहिक र व्यक्तिगत दुवै विधाम नेपाली खेलाडीले वर्चस्व राखेका हुन् ।

    images

    १७ किलोमिटर दौड, २२ किलोमिटर साइक्लिङ र एक किलोमिटर डुंगा दौडसहित ४० किलोमिटर दूरीको सामूहिक प्रतिस्पर्धामा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्बाङको समूह विजेता बन्यो । उनीहरुले उपाधिसँगै ३ लाख ६० हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा नेपाली समूह नै दोस्रो बन्यो । वसन्त थारु, मुकेश थारु र श्रेवी महर्जन सम्मिलत समूह दोस्रो भयो । उनीहरुले २ लाख ८८ हजार रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै, प्रेमसिंह थारा, रमेश कुमार लिम्बु र केशरी थापा मगरको समूह तेस्रो स्थान स्थानसँगै २ लाख १६ हजार रुपैयाँ पाए । यो विधामा १० नेपाली र ३ चिनियाँ टोली प्रतिस्पर्धामा थिए ।

    ३८ किलोमिटरको व्यक्तिगत प्रतिस्पर्धामा पुरुषतर्फ नेपाली सेनाका धावकले वर्चस्व देखाए । होमलाल श्रीस विजेता हुँदा बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो भए ।

    महिलातर्फ नेपालकै मञ्जु रावत विजेता भइन् । पदमकुमारी सुनुवार दोस्रो, चीनकी चेङ जुनेइ तेस्रो र सिर्जना कुलुङ चौंथो बनिन् ।

    महिला पुरुष दुवै विधाका विजेताले जनही १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ र चौथोले १८ हजार रुपैयाँ जितेका छन् ।

    विद्यार्थी दौड प्रतियोगितामा कुमदिनी होम्सका कृष्ण परियार र छोरेपाटन माविकी नारायणी भण्डारी विजेता बन्दै २५ हजार रुपैयाँ हात पारेका हुन् । छात्रतर्फ तेन्जन मगर दोस्रो बादल कार्की तेस्रो, कृष्ण घर्ती चौथो र भगतसिंह गुरुङ पाँचौं बने ।

    छात्रातर्र्फ एन्जिला जिटी दोस्रो, गीता श्रेष्ठ तेस्रो, कञ्चन लिम्बु चौथो र कविता मगर पाँचौं भइन् । विद्यार्थी दौडमा छात्रछात्रातर्फका दोस्रोले जनही २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार