बुधबार, वैशाख २६ गते २०८१

तौल घटाउन चाहनु हुन्छ ? मुला खानुस्

तौल घटाउन चाहनु हुन्छ ? मुला खानुस्

अखबार दैनिक
सोमबार, मंसिर ४ २०८०
  • तौल घटाउन चाहनु हुन्छ ? मुला खानुस्

    एजेन्सी - अहिले हरेकको जीवन तनावले भरिएको छ । अस्वस्थ जीवनशैलीका कारण मानिसको स्वास्थ्य ध्वस्तै भएको छ ।

    images

    अत्यधिक मोटोपना सबैभन्दा व्यापक समस्या बनेको छ । आधुनिक जगतमा सुस्वास्थ्यका लागि तौल घटाउनु धेरैको लागि चुनौती बनेको छ । आफ्नो ज्यान फिट राख्न, स्वस्थ्यबद्र्धक तौल कायम राख्न र यावत् स्वास्थ्य समस्या टार्न खानेकुरा उत्तिकै महत्त्वपूर्ण छन् ।

    मुला गुणैगुणले भरिपूर्ण खानेकुरा हो । दैनिक भोजनमा यसलाई समावेश गर्दा अनेकौँ फाइदा मिल्दछ । तौल घटाउन चाहनेका लागि त यो झन् उपयोगी छ । तर हामीमध्ये धेरैलाई मुला मनै पर्दैन । अधिकांशले मुला तौल घटाउन सहयोगी छ भन्ने कुरालाई नै बेवास्ता गरिरहेका छौँ । आजको यो लेखमा हामीहरु मुलाको स्वास्थ्य लाभबारे कुराकानी गर्नेछौँ ।

    मुलामा क्यालोरीको मात्रा निकै कम हुन्छ । एक कप काटेको मुलामा जम्मा १९ क्यालोरी पाइन्छ । त्यसैले यसको सेवनले तौल बढ्दैन । एक कप मुलामा शून्य दशमलव ८ ग्राम प्रोटिन, ४ ग्राम कार्बोहाइड्रेट्स र शून्य दशमलव १ ग्राम मात्रै फ्याट पाइन्छ । मुलामा भिटामिन सी, बीसिक्स, फेलेट, पोटासियम र म्याग्निज पाइन्छ । मुलामा हाइपरटेन्सेभि गुण पाइन्छ । जसले उच्च रक्तचापलाई जसले उच्च रक्तचापलाई नियन्त्रित राख्छ ।

    मुलामा पानी र फाइबर टन्नै मात्रामा पाइन्छ । यसमा फ्याट र क्यालोरी निकै कम हुन्छ । प्राकृतिक रुपमा मुला तौल घटाउन उपर्युक्त खानेकुरा हो ।

    दैनिक आहारमा मुलालाई समावेश गर्दा स्वास्थ्यमा अनेकौँ खालका फाइदा हुन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुने भएकोले यसलाई खाँदा बजन बढ्दैनन् ।

    मुलामा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । यसले रगतमा इन्सुलिनलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । यसको सेवनबाट सुगर लेभल बढ्दैन ।

    सधैँ चिसो र रुघाखोकी लागिरहन्छ भने तपाईँले आफ्नो भोजनमा मुलालाई समावेश गर्न जरुरी छ । यसमा एन्टि–कन्जेष्टिभ गुण पाइन्छ । जसले घाँटी र श्वासनलीमा रहेको कफ हटाउन मद्दत गर्छ । यसमा डायट्री फाइबर पनि उच्च मात्रामा हुन्छ । जसले पाचनमा सुधार ल्याउन मद्दत गर्छ । अनि तपाईँको पेट छिटै भरिएको महसुस हुन्छ । जसले गर्दा तपाई धेरै खानबाट बच्नु हुन्छ । मुलामा क्याल्सियम पाइन्छ । जसको सेवनले हड्डी बलियो हुन्छ । तपाईँले दिनहुँ रुपमा खाने अस्वस्थकर स्न्याक्सको ठाउँमा सलाद वा सुपको रुपमा मुलाको सेवन गर्न थाल्नुस् । तपाईँको तौल घटाउन मद्दत गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार