आइतबार, जेठ ६ गते २०८१

नेपाली बन्धकलाई हमासले घाइते अवस्थामा पुर्‍याे अस्पताल (भिडिओ)

नेपाली बन्धकलाई हमासले घाइते अवस्थामा पुर्‍याे अस्पताल (भिडिओ)

अखबार दैनिक
सोमबार, मंसिर ४ २०८०
  • नेपाली बन्धकलाई हमासले घाइते अवस्थामा पुर्‍याे अस्पताल (भिडिओ)

    एजेन्सी । हमासले एक नेपालीसहित दुई जनालाई घाइते अवस्थामा अस्पताल पुर्‍याएकाे भिडियाे सार्वजनिक भएकाे छ । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा हमासले अस्पताल पुर्‍याएकाे भिडिओ सार्वजनिक गरेको हाे ।

    images

    आइडिएफले एक्सबाट सार्वजनिक गरेको भिडिओमा हमासले एक जनालाई डोहोर्‍याउँदै अस्पतालभित्र लगेकाे र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका भिडियाे सार्वजनिक गरेकाे हाे । आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ।

    उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ। द न्युयोर्क टाइम्सले उक्त दृश्य गाजाको अल-सिफा अस्पतालको रहेको पुष्टि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार