आइतबार, मंसिर ९ गते २०८१

दोस्रो पटक आमा बन्दैछिन् अनुष्का ?

दोस्रो पटक आमा बन्दैछिन् अनुष्का ?

अखबार दैनिक
शुक्रबार, कात्तिक २४ २०८०
  • दोस्रो पटक आमा बन्दैछिन् अनुष्का ?

    एजेन्सी - बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको हल्ला केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसैबिच अहिले इन्टरनेटमा अनुष्का र उनको श्रीमान् विराट कोहलीको एउटा भिडियो ट्रेन्डिङ भइरहेको छ ।

    images

     भिडियो बैंगलुरुको भएको बताइएको छ । भारत र नेदरल्यान्डबीच हुन लागेको विश्वकप क्रिकेटको सेमीफाइनलको खेल हेर्न अनुष्का अहिले बैंगलुरु गएको अनुमान गरिएको छ ।

    भिडियोलाई धेरैले ‘प्रेग्नेन्सी वाक’ मानिरहेका छन् । यो भिडियोमा अभिनेत्रीको बेबी बम्प देखिएको छ । भिडियोमा खुकुलो कालो पहिरनमा देखिएकी अनुष्का विराटको हात समातेर हिँडिरहेकी छिन् । यो भिडियो भाइरल बनेपछि इन्टरनेटमा फ्यानहरूले अनेकौँ प्रतिक्रिया दिइरहेका छन् । कसैले दोस्रो विराट आउँदै भनिरहेका छन् भने कसैले यो हल्ला नभएर साँचो भएको अनि अनुष्का गर्भवती रहेको स्पष्टै देखिएको बताइरहेका छन् । केहीले यो भिडियोलाई पुरानो पनि भनिरहेका छन् ।

    यो खबरलाई कोहली दम्पतीले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् । दुवै आफ्नो निजी जीवनलाई गुपचुप राख्न मन पराउँछन् । विराट र अनुष्काको हाल करीब ३ वर्षकी छोरी छिन्, भामिका । 

    कामको कुरा गर्ने हो भने अनुष्का शर्मा भारतकी पूर्व महिला क्रिकेटरको भूमिकामा चक्दा एक्सप्रेसमा देखिँदै छिन् । पाँच वर्षको अन्तरालपछि ठुलो पर्दामा अनुष्काको यो कमब्याक हुनेछ । विराट भने अहिले जारी आईसीसी पुरुषतर्फको विश्वकप क्रिकेटमा व्यस्त छन् । यस प्रतियोगितामा उनी सबैभन्दा धेरै रन बटुल्ने खेलाडीमध्ये एक हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार