शनिबार, जेठ ५ गते २०८१

अल स्टार्स टी-२० सिरिज खेल्न रुविना र सीता हङकङ प्रस्थान

अल स्टार्स टी-२० सिरिज खेल्न रुविना र सीता हङकङ प्रस्थान

अखबार दैनिक
बिहीबार , कात्तिक २३ २०८०
  • अल स्टार्स टी-२० सिरिज खेल्न रुविना र सीता हङकङ प्रस्थान

    २३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका दुई अलराउण्डर रुविना क्षेत्री बेलबासे र सीता रानामगर अल स्टार्स टी-२० सिरिज खेल्न हङकङ प्रस्थान गरेका छन् ।

    images

    हङकङ क्रिकेट बोर्डको आयोजनामा यही नोभेम्बर १० देखि १२ सम्म हुने डिएलए पाइपर वुमन्स अल स्टार्स टी-२० सिरिजमा खेल्न रुविना र सीता आज हङकङ प्रस्थान गरेका हुन् ।

    रुविनाले बौहिनिय स्टार्स र सीताले जेड जेट्सबाट उक्त सिरिज खेल्नेछन् । सिरिजमा नेपालका रुविना र सीता तथा जापानकी शिजुका मियाजी गरी तीन मात्र विदेशी खेलाडी समावेश छन् । महिला टी-२० सिरिजमा दुई टोलीबीच तीन खेल हुनेछ । पहिलो खेल आइतबार हुनेछ ।

    अल स्टार्स टी-२० सिरिज खेलपछि रुविना र सीता चार देशीय टी-२० आई सिरिजका लागि उतैबाट नेपाली राष्ट्रिय महिला टिममा समावेश हुनेछन् ।

    नेपाल र हङकङसँगै जापान र तान्जानिया समेत सहभागी हुने चार देशीय टी-२० सिरिज नोभेम्बर १५ देखि १९ सम्म हङकङमै हुँदैछ ।

    उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । केही दिनमै अन्तिम टोली घोषणा हुनेछ । चार देशबीचको टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले नोभेम्बर १५ मा तान्जानियासँग खेल्नेछ । सिंगल राउन्ड रोविनको आधारमा हुने यस सिरिजबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार