आइतबार, जेठ ६ गते २०८१

दिल्लीमा वायु प्रदूषण गम्भीर स्तरमा पुग्यो

दिल्लीमा वायु प्रदूषण गम्भीर स्तरमा पुग्यो

अखबार दैनिक
बुधबार, कात्तिक २२ २०८०
  • दिल्लीमा वायु प्रदूषण गम्भीर स्तरमा पुग्यो

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण कम हुनुको साटो झन् बढ्दो छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार राजधानीमा विषाक्त वायुको असर रहेको र बुधबार पनि हावाको गुणस्तर ‘गम्भीर’ स्तरमा रहेको हो ।

    images

    सीपीसीबीको तथ्यांकअनुसार आनन्द विहारमा वायुको गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआई इन्डेक्स ४५२ दर्ता गरिएको छ । जबकि आरके पुरम, पञ्जाबी बाग, श्री अरबिन्दो मार्ग र शादीपुरमा यो ४३३, ४६०, ३८२ र ४१३ रहेको छ ।

    मंगलबार सर्वोच्च अदालतले यसलाई ‘सर्वसाधारणको स्वास्थ्यको हत्या’ भएको बताएको थियो । अदालतले पञ्जाब सरकारलाई पराल जलाउने घटनालाई रोक्नका लागि कदम उठाउन निर्देशनसमेत दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार