बुधबार, वैशाख २६ गते २०८१

आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ

आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ

अखबार दैनिक
सोमबार, कात्तिक २० २०८०
  • आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ

    महिला स्वास्थ्य खासगरी यौन र प्रजननका कुरा निकै संवेदनशिल हुन्छन् । साथसाथै, कतिपय अवस्थामा यो गोपनिय पनि हुन्छ । अतःमहिलाले यसबारे खुलेर प्रश्न वा सोधीखोजी गर्ने अनुकुलता हुँदैन ।

    images

    तर, अब यो कुनै टाउको दुखाईको विषय रहेन । किनभने यस्ता एपहरु प्रचलनमा आइसकेका छन्, जसले महिलाको मासिक स्रावको चक्र, गर्भधारणका लागि उपयुक्त समयको सूचनादेखि अरु प्रजनन स्वास्थ्यबारे जानकारी दिन्छ ।

    फर्टिलिटी फ्रेन्ड
    महिलाको मासिक चक्रको आधारमा कुन अवधिमा गर्भधारण हुन्छ भन्ने तय गरिन्छ । जब गर्भाशयमा एक परिपक्क अण्ड तयार हुन्छ, त्यही बेला पुरुषको विर्यसँग निशेषचन भएर गर्भधारण हुन्छ ।

    फर्टिलिटी फ्रेन्डले महिलाको गर्भाशयको अवलोकन गरेर गर्भधारणको सही दिनलाई सूचित गर्न सक्छ । यसले विशेषत प्रजनन चार्ट र ओभ्युलेसन क्यालेन्डर बनाउँछ, जसको संकेतको आधारमा गर्भधारणको सही समय पहिचान गर्न सकिन्छ ।

    यो एप एक उन्नत ओभ्युलेसन क्यालकुलेटर, मासिक धर्म क्यालेन्डर, प्रजनन चार्ट र पीरियड ट्रयाकर हो ।

    ग्लो साइकल एन्ड फर्टिलिटी ट्रयाकर
    यो एपलाई मासिक स्रावको सूचकको रुपमा लिन सकिन्छ । खासगरी गर्भधारणका लागि सही समय पहिचान गर्नका लागि यो एप उपयोगी हुनसक्छ । यसले महिलाको प्रजनन स्वास्थ्यमाथि पनि निगरानी राख्न सक्छ ।

    खासगरी दम्पतीका लागि यो एप एकदमै उपयोगी सावित हुनसक्छ, किनभने यो अण्डाशयको अवस्थाको दुरुस्त विश्लेषण गर्नमा सक्षम छ । महिला मात्र होइन, पुरुषले पनि यस एपको प्रयोग गरेर आफ्नो स्वास्थ्य स्थितीबारे जानकारी लिन सक्छन् ।

    किन्डरा
    यस एपको प्रयोग विश्वभरका करिब १२ लाख महिलाले गरिरहेको तथ्यांक छ । गर्भधारणका लागि सहि समय पहिचान गर्नका लागि यो एप निकै उपयोगी छ । महिलाको गर्भाशयबाट निस्कने तरल पदार्थको आधारमा यसले गर्भधारणका लागि सही समय सूचित गर्छ ।

    क्लु
    यो एपको माध्यामबाट महिलाले सजिलै आफ्नो मासिक स्रावको चक्र लगायत यौन क्रिया, मुड स्विङलाई ट्र्याक गर्न सक्छन् । यस एपमा एउटा विशेषता के छ भने, यसले प्रजनन चक्रको पूर्वावलोकन गर्छ । र, प्रत्येक महिनाको कुन दिन गर्भधारणको लागि उपयुक्त्त हुन्छ भनेर थाँहा पाउन सकिन्छ ।

    ओभिया फर्टिलिटी
    यो एप मूख्यत आइफोनमा प्रयोग गर्न सकिन्छ । यस एपमा केही संकेत हुन्छ, जसले महिलाको प्रजनन क्षमताको अनुमान लगाउन सक्छ । त्यति मात्र होइन यसले महिनावारी, अण्डा निस्कने समय, पाठेघरको अबस्था, प्रजनन क्षमतालाई असर गर्न सक्ने अन्य प्रमुख कारकहरु पनि ट्रयाक गर्छ ।

    गर्भधारणका लागि सही समय पहिचान गर्न सहयोग गर्छन् । यदि गर्भधारणको समस्या भएमा पनि यसले अनुमान गर्न मद्दत गर्छ । यो एपमा दर्जनौं गर्भधारणसँग सम्बन्धित जानकारीमुलक आलेख, अनुसन्धानका महत्वपुर्ण तथांङ्क, तथ्यहरु छन् जसले गर्भावस्थाको समयमा मद्दत गर्छ ।

    फ्लो एप
    यो एपले महिनावारीको सुरुवाती चरण र अन्तिम मितिको रेकर्ड राख्छ । साथै, महिनावारी सुरु हुनुअघिको प्रिमेन्चुरेसन सिन्ड्रोमको बारे पनि सजग गराउँछ । यसले गर्भधारणको उपयुत्त समय अनुमान गर्न्ुको साथै दैनिक हिँडने पाइलाको गन्ती, निन्द्राको अवस्था र पानीको मात्राबारे पनि देखाउँछ ।

    गर्भधारण पछि पनि सो एपले गर्भमा हुर्कदै गएको बच्चाको अवस्थाबारे जनाउ दिन सक्छन् । यसले शरीरमा के भैरहेको छ भन्नेबारे महिनाभरको रिपोर्ट दिन्छ ।

    द मोर्डन फर्टीलिटी
    यो एप अन्यभन्दा फरक छ । महिनाको एकपटक रगतको नमुना लिएपछि यो एपले गर्भधारण गर्ने र गर्भवस्थाको परीक्षणको सहि समय बताउन सक्छ । यसले पनि अन्य एप जस्तै महिनावारीको मिति पत्ता लगाउन सक्छ ।

    ओभुसेन्स
    ओभुसेन्स एक उन्नत प्रजनन ट्रयाकर हो । यो चिकित्सकीय रूपमा ९९ प्रतिशत   सही सावित भएको छ । यो एपले वास्तविक समयमा ओभ्युलेसनको अनुमान गर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार