आइतबार, जेठ ६ गते २०८१

अदालती संरक्षण माग्दै विवर्क

अदालती संरक्षण माग्दै विवर्क

अखबार दैनिक
बुधबार, कात्तिक १५ २०८०
  • अदालती संरक्षण माग्दै विवर्क

    क्यालिफोनिर्या । अफिस शेयरिङ कम्पनी विवर्कले अदालती संरक्षण माग्न सक्ने बुझिएको छ । अमेरिकी सञ्चार माध्यमहरूमा छापिएको समाचारअनुसार समस्याग्रस्त यस कम्पनीले छिटोमा आगामी हप्तासम्ममा अदालती संरक्षण माग्दै आवेदन दिन सक्नेछन् । केही कर्जाको भुक्तानी अस्थायी रूपमा रोक्न कर्जादाताहरुसँग सहमति गरेको विवर्कले मंगलबार अमेरिकी वित्तीय नियामकहरूलाई भनेको थियो ।

    images

    कुनै बेला कम्पनीको मूल्याङ्कन ४७ खर्ब डलरसम्म पुगेको थियो । तर गएको वर्ष शेयर बजारमा कम्पनी सूचिकृत भएयता विवर्कको शेयर बजार पूँजीकरण ९८ प्रतिशतले घटिसकेको छ । वाल स्ट्रिट जर्नलका अनुसार विवर्कले न्यू जर्जीमा अदालती संरक्षणका लागि आवेदन दिनेछ । मंगलबार न्यूयोर्कमा नियमित समय पछिको कारोबारमा विवर्कको शेयर मूल्य ४० प्रतिशतभन्दा धेरैले घटेको थियो ।

    कम्पनीको कर्जा, घाटा र व्यवस्थापनसम्बन्धी चिन्ता चुलिएपछि सन् २०१९ मा प्रारम्भिक शेयर सूचीकरणको योजना असफल भएयता कम्पनी सङ्कट घेरिन थालेको थियो । कोभिड र सामाजिक दूरीको नियमबीच विश्वभरि नै घरबाटै काम गर्ने नीति लागू भएपछि अफिस शेयरिङ स्पेशको माग ठप्पै भएपछि कम्पनीको समस्या झनै चुलियो । कम्पनीले पैसा गुमाउने क्रम तीव्र बनेपछि जापानी बहुराष्ट्रिय लगानी बैंक सफ्ट बैंकले अर्बौ डलर विवर्कमा खन्याएको छ । तर यो पनि बालुवामा पानी खन्याए जस्तो मात्रै भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार