आइतबार, जेठ ६ गते २०८१

चर्चित टिभी शो ‘फ्रेन्ड्स’का  एक्टर म्याथ्यु पेरीको निधन

चर्चित टिभी शो ‘फ्रेन्ड्स’का  एक्टर म्याथ्यु पेरीको निधन

अखबार दैनिक
आइतबार, कात्तिक १२ २०८०
  • चर्चित टिभी शो ‘फ्रेन्ड्स’का  एक्टर म्याथ्यु पेरीको निधन

    एजेन्सी - लोकिप्रय अमेरिकी टिभी शो फ्रेन्ड्सका चर्चित अभिनेता म्याथ्यु पेरीको मृत्यु भएको छ । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार पेरी लस एञ्जलसस्थित घरमै मृत अवस्थामा भेटिएका थिए ।

    images

    पेरीले ९० को दशकको लोकप्रिय अमेरिकी टिभी शो फ्रेन्ड्समा शैंडलर बिंगको भूमिका निर्वाह गरेका थिए । म्याथ्युको शव बाथ टबमा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा लागुऔषध नभेटिएको बताइएको छ ।

    न्यूयोर्क शहरमा बस्ने ६ जना युवाहरुको जिन्दगीमा बनेको फ्रेन्ड्जको प्रसारण सन् १९९४ देपख सन् २००४ सम्म भएको थियो । यो शोको अन्तिम एपिसोड ५ करोड २५ लाख जनाले हेरेका थिए । २००० को दशकमा यो सबैभन्दा धेरै हेरिएको टिभी शो थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार