बुधबार, जेठ ९ गते २०८१

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’, अस्पताल भर्ना

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’, अस्पताल भर्ना

अखबार दैनिक
बिहीबार , कात्तिक २ २०८०
  • चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’, अस्पताल भर्ना

    बेइजिङ । तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।

    images

    श्रेष्ठको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । ‘उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ,’ प्रेस सल्लाहकार कमल गिरीले रातोपाटीसँग भने । श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गिरीले बताए ।

    श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै 'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)'मा सहभागी हुन आज सोमबार चीन पुगेका हुन्। मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा 'हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च'को नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी भएका थिए । सो कार्यक्रममा श्रेष्ठले "कि नोट स्पिच" दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार