आइतबार, जेठ ६ गते २०८१

अवैध अमेरिकी डलरसहित चिनिया मुलका भारतीय विमानस्थलबाट पक्राउ

अवैध अमेरिकी डलरसहित चिनिया मुलका भारतीय विमानस्थलबाट पक्राउ

अखबार दैनिक
मंगलबार, असोज ३० २०८०
  • अवैध अमेरिकी डलरसहित चिनिया मुलका भारतीय विमानस्थलबाट पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित चिनिया मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन विमानस्थलमा ओर्लेर दिल्ली उड्न लागेको अवस्थामा पक्राउ परेका हुन् । 

    images

    थिन्लेको साथबाट १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँ बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । 

    उनी भारतको धर्भशालामा बस्ने गरेको थाहा भएको छ । छोदेनबाट बरामद डलर र चिनियाँ रुपैयाँ नेपाली ३१ लाख ८० हजार बराबर छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार