आइतबार, जेठ ६ गते २०८१

गाजामा केही घन्टाको युद्ध विराम हुने

गाजामा केही घन्टाको युद्ध विराम हुने

अखबार दैनिक
सोमबार, असोज २९ २०८०
  • गाजामा केही घन्टाको युद्ध विराम हुने

    २९ असोज, काठमाडौं । अमेरिका, इजरायल र इजिप्ट दक्षिणी गाजामा केही घन्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् ।

    images

    समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गरिने छ । तर हमसाले भने युद्ध विरामका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको रोयटर्सले नै जनाएको छ ।

    सीमा नाका खुल्ला गर्नका लागि अन्तर्राष्ट्रिय सहायता एजेन्सीले इजिप्टमाथि दबाव दिँदै आएका थिए ।
    अमेरिकाले शनिबार मात्रै गाजामा रहेका आफ्ना नगरिकलाई सीमा नाका खुल्न लागेको भन्दै तयार रहन र सीमा नजिक जान निर्देशन दिएको थियो ।

    नाका खुल्ला भएमा गाजामा रहेका अन्य देशको नागरिकता भएका व्यक्तिहरु निस्कन पाउने छन् । यस्तै गाजामा राहत सामग्री र राहतकर्मी प्रवेश गर्न पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ