बुधबार, कात्तिक ७ गते २०८१

‘घिन घिन मादल घिन’मा सचिन र सनिशाको रोमान्स

‘घिन घिन मादल घिन’मा सचिन र सनिशाको रोमान्स

अखबार दैनिक
बुधबार, असोज २४ २०८०
  • ‘घिन घिन मादल घिन’मा सचिन र सनिशाको रोमान्स

    काठमाडौँ । गायक आशिष सचिनको नयाँ गीत ‘घिन घिन मादल घिन’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार गीतमा गायक सचिनलाई गायिका बेनिशा पौडेलले स्वरमा साथ दिएकी छन् । दीपक शर्माको शब्द, सङ्गीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज छ ।

    images

    गीतको भिडियोमा गायक सचिन र मोडल शनिशा भट्टराईको रोमान्टिक अवतार देख्न सकिन्छ । भिडियोमा दुबै एक प्रेमी जोडिको रुपमा प्रस्तुत भएका छन् ।

    मौसम हिमालीको निर्देशन रहेको भिडियो पर्यटकीय नगरी मुस्ताङमा छायाङ्कन भएको हो । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

    गायक सचिनका यसअघि ‘दारी फुल्यो बैँसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका गीत हिट मानिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ