मंगलबार, जेठ ८ गते २०८१

काठमाडौँमा डेंगु संक्रमितको संख्या साढे ७ सय पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँमा डेंगु संक्रमितको संख्या साढे ७ सय पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

अखबार दैनिक
मंगलबार, असोज २३ २०८०
  • काठमाडौँमा डेंगु संक्रमितको संख्या साढे ७ सय पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । दुई साता यताको तथ्याङ्क केलाउँदा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको पाइएको छ । 

    images

    जनस्वास्थ्य विज्ञहरूका अनुसार अघिल्ला वर्षहरूमा असोज,कात्तिक महिनामा काठमाडौंमा तीव्र गतिमा डेंगुको संक्रमण दर बढेको थियो । त्यसअनुसार अहिले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

    ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गएको आठ महिनाको अवधिमा हालसम्म काठमाडौंमा७६४ जनाडेंगु संक्रमित भएका छन् । जबकि ७ असोजसम्म संक्रमितको संख्या ५८० मात्र थियो ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला साताहरूमा डेगु संक्रमित बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । त्यहाँ १० दिन यता दैनिक १० देखि १२ जना डेंगु संक्रमित बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । टेकु अस्पतालमा खास गरी, कालिमाटी, कलङ्की क्षेत्रबाट डेंगुका बिरामी उपचारका लागि आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार