आइतबार, जेठ ६ गते २०८१

इजरायलको म्युजिक फेस्टिभल जहाँ २ सय ६० जनाको हत्या गरियो

इजरायलको म्युजिक फेस्टिभल जहाँ २ सय ६० जनाको हत्या गरियो

अखबार दैनिक
सोमबार, असोज २२ २०८०
  • इजरायलको म्युजिक फेस्टिभल जहाँ २ सय ६० जनाको हत्या गरियो

    एजेन्सी - कयौँ सप्ताहदेखि संगीत प्रेमीहरु ‘सुपरनोभा म्युजिक फेस्टिभल’ को प्रतीक्षामा थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा शनिबार यसको आयोजना गरिएको थियो ।

    images

    चरमपन्थी समूह हमासले शनिबार जब इजरायलमा हमला गरे, उनीहरुको सुरुवाती निशानामा यही संगीत फेस्टिभल थियो । इजरायलको उद्धार एजेन्सी जाकाका अनुसार हमासको आक्रमणमा यो एक्लो ठाउँमा अहिलेसम्म २ सय ६० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

    हमासको आक्रमणको बाहिरिएको भिडियोमध्ये एउटामा मानिसहरू मरुभूमिमा दौडिरहेका देखिन्छ। यो भाइरल भिडियो यही संगीत महोत्सवको हो। घटनाका एक प्रत्यक्षदर्शीका अनुसार केही गडबड भएको पहिलो संकेत बिहान सबेरै रकेटको चेतावनी स्वरुप  साइरन बज्दा आएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार