शुक्रबार, मंसिर १४ गते २०८१

सिक्किममा ताल फुटेर आएको बाढीमा परि १४ जनाको ज्यान गयो, सेनाका २२ जवानसहित १ सय २ जना बेपत्ता

सिक्किममा ताल फुटेर आएको बाढीमा परि १४ जनाको ज्यान गयो, सेनाका २२ जवानसहित १ सय २ जना बेपत्ता

अखबार दैनिक
बिहीबार , असोज १८ २०८०
  • सिक्किममा ताल फुटेर आएको बाढीमा परि १४ जनाको ज्यान गयो, सेनाका २२ जवानसहित १ सय २ जना बेपत्ता

    एजेन्सी - भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि अहिलेसम्म १४ जनाको ज्यान गएको छ ।

    images

    बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना बेपत्ता भएका छन् । पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सयौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।

    बेपत्ताको खोजी र उद्धारका काम भैरहेको खोज र उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सिक्किम राज्य सरकारले हिजो बिहान ताल फुटेर टिस्टा नदीमा ठूलो बाढी आएपछि विभिन्न भागमा तीन हजारभन्दा धेरै पर्यटकहरू फसेका जनाएको छ ।

    भवन र गाडीमा पनि क्षति पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गरी आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार