मंगलबार, जेठ ८ गते २०८१

कोभिडपछि काठमाडौं विमानस्थलबाट भयो सर्वाधिक अन्तर्राष्ट्रिय उडान

कोभिडपछि काठमाडौं विमानस्थलबाट भयो सर्वाधिक अन्तर्राष्ट्रिय उडान

अखबार दैनिक
मंगलबार, असोज १६ २०८०
  • कोभिडपछि काठमाडौं विमानस्थलबाट भयो सर्वाधिक अन्तर्राष्ट्रिय उडान

    १६ असोज, काठमाडौं । कोभिड–१९ महामारीपछि सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान भएको छ ।

    images

    विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार १ सय अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट (उडान–अवतरण)को तालिका रहेको थियो । साथै अन्तर्राष्ट्रियमा दैनिक यात्रु चाप १४ हजार ५ सय पुगेको छ । उनका अनुसार पछिल्ला दिनमा चार्डर्ट उडानको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

    कोभिड-१९ भन्दा अगाडि सबैभन्दा व्यस्त भएको दिन ११० वटासम्म अन्तर्राष्ट्रिय फ्लाइट मुभमेन्ट भएको रेकर्ड रहेको छ । चाडबाडको समयमा आफ्नो मुलुक फर्कने नेपालीसँगै पर्यटकको आवागमनसमेत बढ्दा अहिले उडानमा चाप रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार