शनिबार, जेठ ५ गते २०८१

एसियन च्याम्पियन्स लिगमा रोनाल्डोले पहिलो गोल

एसियन च्याम्पियन्स लिगमा रोनाल्डोले पहिलो गोल

अखबार दैनिक
मंगलबार, असोज १६ २०८०
  • एसियन च्याम्पियन्स लिगमा रोनाल्डोले पहिलो गोल

    एजेन्सी - एसियन च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दा अल–नासरले गोलले पछि परेको स्थिति उल्टाउँदै इस्तिक्लोललाई ३–१ गोलले हराएको छ ।

    images

    खेलको पहिलो हाफको अन्त्यमा इस्तिक्लोलका सेनिन सेबाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा अल–नासरले शानदार पुनरागमन गर्यो । रोनाल्डोले ६६ औँ मिनेटमा बराबरी गोल फर्काए । उनले लगातार सातौँ खेलमा गोल गरेका हुन् ।

    त्यसपछि ब्राजिलियन फरवार्ड एन्डरसन तालिस्काले छोटो अन्तरालमा दुई गोल गर्दै अल–नासरलाई जीत दिलाए । प्रतियोगिताको समूह चरणमा टोलीको यो लगातार दोस्रो जीत हो । जीतसँगै समूह ईमा लुइस कास्ट्रोको टोलीले शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार