बिहीबार , असार २० गते २०८२

विकाश हाइड्रोपावरको आईपीओ खुल्यो

विकाश हाइड्रोपावरको आईपीओ खुल्यो

अखबार दैनिक
बुधबार, असार १९ २०८२
  • विकाश हाइड्रोपावरको आईपीओ खुल्यो

    काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार १८ गतेदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

    images

    कम्पनीले आम सर्वसाधारणका लागि २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यस आईपीओका लागि असार २२ गतेसम्म आवेदन दिन सकिने छ ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ दरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    यस्तै, ७० हजार ९१० कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि कम्पनीले छुट्याएको छ ।नेपाल धितोपत्र बोर्डले वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।

    यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार