आइतबार, जेठ ६ गते २०८१

युक्रेनको दाबी विपरीत रुसी कमाण्डर जीवितै

युक्रेनको दाबी विपरीत रुसी कमाण्डर जीवितै

अखबार दैनिक
बुधबार, असोज १० २०८०
  • युक्रेनको दाबी विपरीत रुसी कमाण्डर जीवितै

    एजेन्सी - युक्रेनले मारिएको भनिएका ब्ल्याक सी फ्लीटका कमान्डर जीवितै रहेको भिडियो रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । रुसका रक्षामन्त्रीसँग कमान्डर भिक्टर सोकोलोभको भिडियो कहाँ खिचिएको हो भन्ने चाहिँ खुलाइएको छैन । 

    images

    मन्त्रालयले शीर्ष सैन्य अधिकारीहरूको सो बैठक मंगलबार भएको जानकारी दिएको छ । युक्रेनको स्पेसल फोर्सले सोमबार क्रिमियाको सेभास्तोपोलमा रहेको फ्लीटको हेडक्वार्टरमा गरिएको क्षेप्यास्त्र हमलामा एडमिरल सोकोलोभसहित ३३ जना सैन्य अधिकारीहरूको मृत्यु भएको दाबी गरेको थियो ।

    उनीहरूले एडमिरलको नाम लिएका थिएनन् भने उनी मारिएको कुनै प्रमाण पनि पेस गरेका थिएनन् । अहिले उनीहरूले रिपोर्टलाई अध्ययन गरिरहेको बताएको छ । यसलाई रुसले भिडियो सार्वजनिक गरेपछि युक्रेन आफ्नो दाबीबाट पछि हटेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार