शनिबार, जेठ ५ गते २०८१

कोहलीलाई डे भिलियर्सको सुझाव ‘भारतले विश्वकप जिते सन्न्यास लिँदा राम्रो’

कोहलीलाई डे भिलियर्सको सुझाव ‘भारतले विश्वकप जिते सन्न्यास लिँदा राम्रो’

अखबार दैनिक
मंगलबार, असोज ९ २०८०
  • कोहलीलाई डे भिलियर्सको सुझाव ‘भारतले विश्वकप जिते सन्न्यास लिँदा राम्रो’

    काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डे भिलियर्सले भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीलाई सन्न्यासको विषयमा सल्लाह दिएका छन् । आगामी विश्वकपको उपाधि भारतले जितेमा कोहलीले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिनु उपयुक्त हुने डे भिलियर्सको सुझाव छ । 

    images

    आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदै छ । ‘भारतले आगामी विश्वकपको उपाधि जितेमा विराट कोहलीका लागि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने उपयुक्त अवसर हुनेछ । महत्त्वपूर्ण सफलतासँगै लाखौँ घरेलु समर्थकमाझ सन्न्यास लिनुको आनन्द नै बेग्लै हुन्छ,’ डे भिलियर्सले भनेका छन् । 

    भारतले एकदिवसीय विश्वकप जितेमा कोहलीले एकदिवसीय र टी—२० दुबै ढाँचाको क्रिकेटबाट सन्न्यास लिनु उपयुक्त हुने सुझाव डे भिलियर्सले दिएका छन् । एकदिवसीय विश्वकपको १३औं संस्करण सकिए लगत्तै कोहली ३५औँ वर्षमा प्रवेश गर्दै छन् । 

    ‘कोहलीले अझै केही वर्ष टेस्ट क्रिकेट खेल्नु उपयुक्त हुन्छ । त्यसका लागि उनले आफ्नो सम्पूणर् ध्यान लामो ढाँचाको क्रिकेटमा केन्द्रित गर्नुपर्छ,’ डे भिलियर्सले भनेका छन्, ‘उनले दक्षिण अफ्रिका भ्रमण गर्ने योजना पनि बनाएका होलान् तर, त्यो निकै टाढाको कुरा हो । मेरो सुझावमा कोहली सहमत नहुन सक्छन् । किनभने आफ्नो बारेमा निणर्य लिने अन्तिम अधिकार उनीसँगै सुरक्षित छ ।’

    डे भिलियर्सले ‘दक्षिण अफ्रिका भ्रमण’ भनेर एकदिवसीय विश्वकपको १४औँ संस्करणलाई सङ्केत गर्न खोजेका हुन् । आईसीसी एकदिवसीय विश्वकपको १४औँ संस्करण सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बाबेमा संयुक्त रुपमा आयोजना हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार