शनिबार, जेठ ५ गते २०८१

बास्केटबलमा नेपाल जापानसँग पराजित

बास्केटबलमा नेपाल जापानसँग पराजित

अखबार दैनिक
सोमबार, असोज ८ २०८०
  • बास्केटबलमा नेपाल जापानसँग पराजित

    ८ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा सोमबार दिउँसो भएको खेलमा नेपाल जापानसँग २२-४ ले पराजित भएको हो । नेपालको लागि गरिसा सिलवालले र  मिना गुरुङले २-२ अंक स्कोर गरिन् ।

    images

    एसियन गेम्सको वरीयतामा जापान दोस्रो वरीयतामा थियो भने नेपाल १५औं वरीयतामा थियो । जापानको लागि मायु लुसी कुबोताले सर्वाधिक १२ अंक स्कोर गरिन् ।

    नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाइ थ्री मा लगातार दोस्रो पटक खेलेको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार