शनिबार, जेठ ५ गते २०८१

एसियाली खेलकुद : टेनिसको दोस्रो चरणमा पुगे नेपालका प्रदिप खड्का

एसियाली खेलकुद : टेनिसको दोस्रो चरणमा पुगे नेपालका प्रदिप खड्का

अखबार दैनिक
आइतबार, असोज ७ २०८०
  • एसियाली खेलकुद : टेनिसको दोस्रो चरणमा पुगे नेपालका प्रदिप खड्का

    काठमाडौँ । १९ औं एसियाली खेलकुदमा नेपालका टेनिस खेलाडी प्रदिप खड्का दोस्रो चरणमा प्रवेश गरेका छन् । उनी आइतबार पुरुष एकलतर्फको दोस्रो चरणमा पुगेका हुन् । उनले पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराएका हुन् । 

    images

    प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भए । प्रदिपले पहिलो सेटको खेल जित्न २९ मिनेट र दोस्रो सेटको खेल जित्न १७ मिनेट समय खर्चिएका थिए । 

    प्रतियोगितामा आइतबार नै महिला एकलतर्फ नेपालकी अभिलाषा बिष्टले थाइल्यान्डकी मनानचाया सामनकावेको सामना गर्दैछिन् । महिला एकलतर्फ नै नेपालकी माहिका राणाले दक्षिण कोरियाकी सोह्युन पार्कको सामना गर्दैछिन् । पुरुष डबल्सतर्फ नेपालले भारतको सामना गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार