बुधबार, कात्तिक ७ गते २०८१

फिल्म ‘परदेशी २’को गीतमा परदेशिएका नेपालीको कथा-व्यथा

फिल्म ‘परदेशी २’को गीतमा परदेशिएका नेपालीको कथा-व्यथा

अखबार दैनिक
बुधबार, असोज ३ २०८०
  • फिल्म ‘परदेशी २’को गीतमा परदेशिएका नेपालीको कथा-व्यथा

    काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक भएको छ । बडादशैंको अवसरमा असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको हो ।

    images

    बुधवार बिहान सार्वजनिक गीतले परदेशीको पीडा र वेदना प्रस्तुत गर्छ । सतिश चापागाइले लेखेको गीतमा प्रशान्त तामाङले स्वर दिएका छन् । बीबी अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् ।

    गीतमा प्रकाश सपुत र दिलिप रायमाझी, रमा थपलिया फिचर्ड छन् । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी-२’मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।

    रमेश बिजीको लेखन रहेको फिल्मले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथा पेस गर्छ । अध्ययनसँगै अन्य कारणले विदेशिएकाको कथा-व्यथालाई समेत चलचित्रमा समेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ