आइतबार, जेठ ६ गते २०८१

उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ किन पुगे रुस ?

उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ किन पुगे रुस ?

अखबार दैनिक
मंगलबार, असोज २ २०८०
  • उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ किन पुगे रुस ?

    चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस पुगेका छन् । युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् ।

    images

    भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

    रुसी सञ्चारमाध्यमका अनुसार वाङ राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङ भ्रमणको निमन्त्रणा दिनका लागि मस्को पुगेका हुन् । उत्तर कोरियाली शासक किम जोन उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी चेतावनीबीच सहकार्यको सम्झौता गर्न लागेको अवस्थामा वाङ त्यहाँ पुगेका हुन् ।

    चीनको विदेश मन्त्रालयका अनुसार रणनीतिक सुरक्षा परमार्शका लागि वाङ चार दिने भ्रमणका लागि रूस पुगेका हुन् । रुसको विदेश मन्त्रालयले भने दुई विदेशमन्त्रीबीच युक्रेन युद्धबारे छलफल भएको बताएको छ । त्यस भेटको निष्कर्षबारे रुसी विदेश मन्त्रालयले भनेको छ, ‘रुसको हीत र यसको सहभागितालाई ध्यानमा नराखि गरिने संकट समाधानको प्रस्ताव व्यर्थ हो ।’

    यस वर्षको सुरुआतमै युक्रेन भ्रमण गरेर वाङले शान्ति प्रस्ताव राखेका थिए । युक्रेन युद्ध अन्त्य गराएको अवस्थामा युरोपसँगको सम्बन्ध सुदृढ गराउन सकिने चिनियाँ दाउ छ । ‘रुससँग पनि सम्बन्ध नबिगार्ने गरी उसले शान्तिको प्रस्ताव अघि सारेको छ । शान्ति कायम गर्दै युरोपसँग सम्बन्ध सुदृढ गर्ने उसको दाउ छ,’ विश्लेषक रोरी डेनिल्सले भने ।

    रुसले युक्रेनविरुद्ध युद्ध छेडेसँगै चीनले मस्कोलाइ आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । अमेरिकी जासुसी संयन्त्रले गत जुलाइमा प्रतिवेदन सार्वजनिक गर्दै भनेको थियो, ‘चीनले पश्चिमा प्रतिबन्धको कुनै असर नपर्ने हिसाबले रुसलाई आर्थिक देखि अन्य आवश्यक सहयोग गर्दै आएको छ ।’

    त्यस प्रतिवेदनमा चीनले रुसी ऊर्जा निर्यात गरेको र आफ्नो मुद्रामा कारोबार गरेको जिकिर गरेको छ । चीनले भने त्यस्तो आरोपलाई नकार्दै आएको छ ।

    चीनले रुसलाई कस्तो सहयोग गर्दै आएको छ ?
    चीनले पुटिनलाई निमन्त्रणा गरेर रुसप्रति समर्थन रहेको देखाउन खोजेको विश्लेषक डेनियल्स बताउँछन् । ‘उनलाई वार्तामा राखेर वैध प्रस्ताव तयार गर्दै युरोपसँगको सम्बन्ध सुदृढ बनाउने प्रयत्नमा चीन छ,’ डेनियल्सले भने ।

    अघिल्लो महिना पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छिट्टै भेट हुने बताएका थिए । तर त्यो भेटको मिति तय भएको थियो । यसलाई नियालिरहेका केही विज्ञका अनुसार दुई नेता बेल्ट एण्ड रोड इनिसियटिभ मञ्चको बैठकमा भेट गर्ने सम्भावना रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय अदालतले गिरफ्तारीको आदेश दिएसँगै पुटिनले मुलुक छोडेका छैनन् । सन् २०२२ मा उनी बेलारुस र क्रिगिस्तान भने पुगेका थिए । उत्तर कोरियाली नेता रुसको उपहार लिएर घर फिरेसँगै वाङ चार दिनक लागि त्यहाँ छन् । उत्तर कोरिया र रुसबीचको वार्ता बारे प्रश्न गर्दा उनले यो दुई मुलुकको आपसी मामिला रहेको बताएका छन् ।

    जानकारहरुका अनुसार चीन बेखबर हुने गरी रुस र उत्तर कोरियाले कुनै सहमति गर्न नसक्ने बताउँछन् । बेइजिङ  लामो समयदेखि पोङयाङको लाइफलाइन भनेको र तीनै मुलुक पश्चिमा तारो बनिरहेको अवस्थामा उनीहरुको आपसी सम्बन्ध निकै सौहार्द र बलियो रहेको अलेक्सजेन्डर कोरोलेभ बताउँछन् । ‘बेइजिङको स्वीकृति विना रुस र उत्तर कोरियाले सैन्य सहकार्य गर्नेछैनन्,’ उनले भने ।

    रुस पुग्नुअघि माल्टा पुगेर वाङले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग पनि भेट गरेका छन् । दुई नेताले आपसी सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार