मंगलबार, जेठ ८ गते २०८१

शुक्रकिट र डिम्बविनै वैज्ञानिकले बनाए मानव भ्रूण

शुक्रकिट र डिम्बविनै वैज्ञानिकले बनाए मानव भ्रूण

अखबार दैनिक
बिहीबार , भदौ २१ २०८०
  • शुक्रकिट र डिम्बविनै वैज्ञानिकले बनाए मानव भ्रूण

    इजरायली वैज्ञानिकहरुले शुक्रकिट तथा डिम्बको प्रयोग नगरेरै सुरुआती अवस्थाको मानव भ्रूणको प्रतिरुप तयार पारेका छन् ।

    images

    इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रूणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन् ।

    प्रयोगशालामा तयार पारिएको सो भ्रूणले हर्मोनहरु समेत उत्सर्जन गरेको र गर्भ परीक्षणमा समेत पोजेटिभ देखिएको थियो ।

    वैज्ञानिकहरुले प्रयोगशालामा कृत्रिम मानव भ्रूणको मोडेल तयार पार्नुको उद्देश्य हाम्रो जीवनको सुरुवाती क्षणहरुको बारेमा नैतिक ढंगले बुझ्नमा सहयोग गर्नु रहेको बताइएको छ ।

    शुक्रकिट र डिम्बको मिलनपछि गर्भाधारण भएर भ्रूण बन्ने सुरुआती हप्ताहरु निकै नाटकीय परिवर्तनको चरण हो । यस क्रममा सामान्य कोशिकाहरुबाट बच्चा आकारको भ्रूण नै विकास हुन्छ ।

    यो बेला भ्रूण खेर जाने वा बच्चामा विभिन्न खालका शारीरिक विकारहरु आउने समय पनि हो । तर यसबारेमा निकै कम मात्रै थाहा हुनछ ।

    विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्राध्यापक ज्याकब हान्नाका अनुसार यो चरण ब्लाकबक्स जस्तै हो, जसको बारेमा हामीलाई निकै सीमित मात्रै जानकारी छ ।

    भ्रूण अध्ययनको विषय कानुनी, नैतिक तथा प्राविधिक रुपमै जटिल तथा संवेदनशील विषय हो । तर पछिल्लो समयमा प्राकृतिक भ्रूण विकासलाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने प्रविधिको तीव्र विकास भैरहेको छ ।

    इजरायली वैज्ञानिकहरुले विकास गरेको पछिल्लो कृत्रिम भ्रूण सुरुआती मानव भ्रूणका सबै प्रमुख संरचनाहरू देखाउने पहिलो पूर्ण स्वरुपको मानव भ्रूणको मोडेल भएको नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख छ ।

    प्राध्यापक हान्ना भन्छन्, ‘यो ठ्याक्कै पाठ्यपुस्तकमा छापिने १४ दिनको मानव भ्रूणको तस्वीर जस्तै छ । यस्तो भ्रूणको नमूनाको विकास यसअघि गरिएको थिएन ।’

    यो भ्रूणको विकासका लागि शुक्रकिट र डिम्बको साटो सुरुवाती पदार्थको रुपमा स्टेम कोशिकाको प्रयोग गरिएको थियो जुन कोशिकाहरु सरीरका जुनसुकै तन्तुमा विकास हुनसक्छन् ।

    -बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार