काठमाडौँ । चितवनमा महायोगी पाइलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ।
हरिद्वारस्थित पाइलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मङ्सिर ८ ( नोभेम्बर २४ ) गते देखि १२ मङ्सिर ( नोभेम्बर २८ ) सम्म चितवनको 'लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट रिसोर्ट'मा आध्यात्मिक शिविर हुन लागेको हो ।
पाइलट बाबाको यो ध्यान-योग तथा समाधि विषयक आध्यात्मिक शिविर 'भिजिट चितवन २४' को पूर्वसन्ध्यामा हुन गइरहेको छ। भरतपुर महानगरपालिकाले सन् २०२४ लाई 'भिजिट चितवन' वर्षका रूपमा मनाउने घोषणा गरेको छ। भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालले बाबाको हुन गइरहेको आध्यात्मिक शिविर प्रति खुसी व्यक्त गरेकी छन्।
शिविर अवधिमा उनले सहभागीलाई विभिन्न यौगिक क्रिया - मुद्रा -ध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे क्लास लिने जनाइएको छ।
नेपालमा पहिलो पटक हुन गइरहेको शिविरपछि उनी सेप्टेम्बर १२ मा रुसमा आयोजित हुने कार्यक्रमका लागि रुस प्रस्थान गर्ने जनाइएको छ।
'लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट' का सञ्चालक देवेन लोहनीका अनुसार बाबा मङ्सिर ६ गते ( नोभेम्बर २२ ) चितवन आइपुग्ने कार्यक्रम छ । बाबाको शिविर मङ्सिर ८ देखि १२ गते सम्म चल्छ।
बाबाको मङ्सिर ६ गतेदेखि हुने नेपाल भ्रमणमा शिष्याद्वय महामंडलेश्वर योग माता चेतना, महामंडलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमा लगायतका अन्य थुप्रैको सहभागिता हुने आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा कोर्डिनेशनको काम गरिरहेका पत्रकार ज्ञानमित्रले बताए ।