बुधबार, मंसिर ५ गते २०८१

आगामी सेप्टेम्बरदेखि पोखरामा पुनः हट एयर बलुन उडान सुरु हुने

आगामी सेप्टेम्बरदेखि पोखरामा पुनः हट एयर बलुन उडान सुरु हुने

अखबार दैनिक
मंगलबार, भदौ ५ २०८०
  • आगामी सेप्टेम्बरदेखि पोखरामा पुनः हट एयर बलुन उडान सुरु हुने

    पोखरा । मनसुन (बर्खा) का कारण करिब ३ महिना रोकिएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालनमा आउने भएको छ । मौसममा सुधार भएसँगै पोखराको साहसिक पर्यटनलाई ध्यानमा राख्दै पुनः हट एयर बलुन उडानको सुरु गर्न लागिएको बलुन नेपालले जानकारी दिएको हो ।

    images

    हट एयर बलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बादेले जानकारी दिए ।

    करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको  सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

    विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने २ वटा बेलुन उडाउनेछ । अमेरिकी र भियतनामी गरी दुई जना पाइलटले बलुन उडाउनेछन् ।

    पोखराको पामेबाट हट एयर बलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बलुनमा उड्न सक्नेछन् ।

    कति लाग्छ शुल्क ?
    हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछी उडान सँगै ब्रेकफास्ट, लेकसाइड देखि पामे सम्मको दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत कम्पनीले प्रदान गर्नेछ । नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ