मंगलबार, जेठ ८ गते २०८१

तुलसी पानीले कपाल धुनुका फाइदा

तुलसी पानीले कपाल धुनुका फाइदा

अखबार दैनिक
सोमबार, भदौ ४ २०८०
  • तुलसी पानीले कपाल धुनुका फाइदा

    एजेन्सी। तुलसी पानीमा कैयौं पोषक तत्त्वहरू पाइन्छ जो कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । त्यसैले, तुलसीको पानीले कपाल धुँदा कपाललाई कैयौं फाइदाहरू पाउन सकिन्छ ।

    images

    कपाललाई बलियो बनाउनका लागि तुलसी पानीको प्रयोग एकदमै राम्रो हुन्छ । कपाललाई बलियो बनाउने गुणहरू भरिपूर्ण रूपमा तुलसीमा पाउन सकिन्छ । तुलसीको पानीले स्काल्पको सरसफाइ गर्नु पनि एकदमै राम्रो हुन्छ । यसले रुखो तथा कमजोरी कपालहरूबाट राहत दिई कपाललाई जरैदेखि बलियो बनाउन सहयोग गर्छ ।

    त्यस्तै, कपाललाई चम्किलो बनाउनका लागि पनि तुलसीको प्रयोग राम्रो मानिन्छ । तुलसीको पानीमा पाइने पोषक तत्त्वले कपाललाई प्राकृतिक रूपमै चम्किलो बनाउन सहयोग गर्छ ।

    तुलसीको पानीमा कैयौं पोषक तत्त्वहरू पाइन्छन् । जसले कपालको लम्बाइ पनि बढ्न थाल्छ । त्यसैले, कपाल झर्ने समस्याबाट राहत पाउनका लागि पनि यसको प्रयोग एकदमै उत्तम मानिन्छ ।

    कपाललाई मुलायम बनाउन पनि तुलसीको पानीले कपाल धुन सकिन्छ । यसका लागि स्याम्पु गरिसकेपछि तुलसीको पानीले कपाल धुनुहोस् । तुलसीको पानी बनाउनका लागि तुलसीका केही मात्रामा पात लिने र राम्रोसँग धुने । अब उक्त पातलाई पानीमा उमाल्ने । यसरी बनेको पानीलाई चिसो भएपछि आफ्नो कपालमा प्रयोग गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार