मंगलबार, जेठ ८ गते २०८१

रातमा दालभात खानु कति सही ?

रातमा दालभात खानु कति सही ?

अखबार दैनिक
सोमबार, भदौ ४ २०८०
  • रातमा दालभात खानु कति सही ?

    एजेन्सी। नेपालमा लगभग हरेक व्यक्तिको घरमा चामल नै खानामा पाक्ने गर्छ । धेरै बिहान तथा बेलुका दुवै खानामा चामल वा भात नै खान मनपर्छ । आज हामी बताउन गइरहेका छौं साँझको समयमा वा रातको खानामा पनि दाल भात नै खानु सही हो कि होइन भनेर।

    images

    – रातको समयमा हल्का तथा सुपाच्य खाना खानु राम्रो मानिन्छ । यस्तोमा कतिपय दालहरू रातको समयमा भातसँग सेवन गर्दा शरीरमा नोक्सान पुग्न सक्छ ।


    – यदि, तपाईंलाई रातको समयमा पनि दालभात नै खान मनपर्छ भने सुत्नुभन्दा २–३ घण्टा पहिला अरहरको दालसँग भातको सेवन गर्न सक्नुहुन्छ ।

    – त्यस्तै, दाल नै खानु छ भने त्यसमा हिंगले झानेर खानु एकदमै फाइदाजनक मानिन्छ । त्यस्तै, यसका साथमा तारेको तथा भुटेको अन्य खानेकुराहरू खानबाट बच्नुपर्छ ।

    – दाल-चामल एउटा हल्का भोजन नै हो । त्यसैले, यो रातको समयमा सजिलोसँग पच्ने गर्छ । तर, यसको मात्रा भने थोरै हुनुपर्दछ ।

    – रातको समयमा दालभातको सेवन गर्नाले निद्रा लाग्ने तथा निद्राको गुणमा पनि परिवर्तन हुन्छ । राम्रो निद्रा लाग्छ ।

    – यो सजिलै पच्ने भएकाले बिहान मलत्यागमा पनि कुनै समस्या हुँदैन । साथमा पेटसँग जोडिएका समस्या हुँदैनन् ।

    – चामलमा कार्बोहाइड्रेटको राम्रो मात्रा पाइन्छ । यस्तोमा रातको समयमा यसको सेवनले तपाईंलाई एनर्जी प्राप्त हुन्छ ।

    – आवश्यकभन्दा धेरै दालभात खानबाट भने बच्नुपर्छ । थोरै मात्रामा खाँदा यो सुपाच्य हुन्छ भने यसको मात्रा धेरै भयो भने यो भोजन विष हुन्छ। त्यसैले, मात्रा भने दिउँसोभन्दा कम नै खानुपर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ