मंगलबार, जेठ ८ गते २०८१

सलमानदेखि वरुणसम्मका यी बलिउड कलाकार, जो भए गम्भीर बिमारीको शिकार

सलमानदेखि वरुणसम्मका यी बलिउड कलाकार, जो भए गम्भीर बिमारीको शिकार

अखबार दैनिक
आइतबार, भदौ ३ २०८०
  • सलमानदेखि वरुणसम्मका यी बलिउड कलाकार, जो भए गम्भीर बिमारीको शिकार

    एजेन्सी - बलिउडका केही चर्चित कलाकारहरू दुर्लभ बिमारीको शिकार भइसकेका छन् । वरुण धवनदेखि सलमान खानसम्मका कलाकारहरूले आफ्नो फिल्मी करिअरकै बीचमा दुर्लभ तथा गम्भीर बिमारीहरूको सामना गर्नुपरेको छ । जसमध्ये केही बिमारी कहिल्यै निको नहुने खालका पनि छन् । आउनुहोस् जानौं क-कसले यस्तो रोगहरूको सामना गर्नुपर्‍यो ।

    images

    सलमान खान– Trigeminal Neuralgia
    बलिउडका भाइजान सलमान खान Trigeminal Neuralgia नामक रोगको चपेटामा आइसकेका थिए । अमेरिकन एसोसिएसन अफ न्युरोलोजिकल सर्जन्सका अनुसार यो बिमारी पूर्णरुपमा ठीक हुँदैन । यस्तो स्थिति हुँदा अनुहारको एकतर्फ एकदमै कडा दुखाइ वा झमझमाउने गर्छ । यस्तो दुखाइ कतिपय अवस्थामा इलेक्ट्रिक शक जस्तो खतरनाक हुन्छ ।

    यामी गौतम– Keratosis Pilaris
    बलिउड अभिनेत्री यामी गौतमले अघिल्लो वर्ष एउटा पोस्ट सेयर गरेर Keratosis Pilaris जस्तो दुर्लभ बिमारी आफूलाई भएको खुलासा गरेकी थिइन् । यो विमारी एकदमै कम मानिसलाई हुने गर्छ । यो छालासँग जोडिएको समस्या हो जसको कुनै उपचार छैन । यस्तो स्थितिमा छालामा काँचुली पर्ने, सुक्खा छाला हुने वा खुट्टा तथा गालामा रातो दागहरू जस्तो आउने समस्या हुन्छ ।

    ऋतिक रोशन– Chronic Subdural Haematoma
    ऋतिक रोशनले यही बिमारीको कारणले ब्रेनको सर्जरीसमेत गराएका थिए । खासगरी Chronic Subdural Haematoma एक न्युरोलोजिकल स्थिति हो जसमा दिमागमा रगतको ढिक्का जम्दछ । यो एकदमै खतरनाक स्थिति हो जो आमरूपमा टाउकोमा चोट लाग्नाले हुने गर्दछ ।

    वरुण धवन– Vestibular Hypofunction
    वरुण धवनले फिलम ‘भेडिया’ को सुटिङको क्रममा Vestibular Hypofunction बिमारी भएको खुलासा गरेका थिए । खासगरी यो कानसँग जोडिएको समस्या हो जसमा कानको भित्री भागमा प्रभाव पर्छ । यस्तो स्थितिमा कानको क्षमतामा पनि असर पर्दछ र यस्तो अवस्थामा ब्रेनसम्म संकेत जान पनि कठिनाइ हुने गर्छ । यस्तो स्थितिमा व्यक्तिलाई धेरैजसो थकान तथा कमजोरी महसुस हुन्छ ।

    सामन्था रुथ प्रभु –Myositis
    बलिउड अभिनेत्री सामन्थालाई Myositis नामक बिमारीले सताएको थियो । यो एकप्रकारको अटोइम्युन सिस्टमसँग जोडिएको समस्या हो जसमा इम्युन सिस्टम शरीरका मांसपेशीहरूमाथि हमला गर्न थाल्छ । यस्तोमा मांसपेशीहरू एकदमै कमजोर हुन्छन् । यो एकदमै खतरनाक विमारी हो जसको समयमै उपचार नगरे अन्य समस्याहरूको कारण पनि बन्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार