आइतबार, जेठ ६ गते २०८१

आन्ध्र महासागरको मध्यभागमा डुङ्गा दुर्घटना, त्रिसट्ठीभन्दा बढीको मृत्यु भएको आशङ्का

आन्ध्र महासागरको मध्यभागमा डुङ्गा दुर्घटना, त्रिसट्ठीभन्दा बढीको मृत्यु भएको आशङ्का

अखबार दैनिक
बिहीबार , साउन ३२ २०८०
  • आन्ध्र महासागरको मध्यभागमा डुङ्गा दुर्घटना, त्रिसट्ठीभन्दा बढीको मृत्यु भएको आशङ्का

    एजेन्सी - आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । घटनामा अन्य ३८ जनाको उद्धार गरिएको  अन्तरर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

    images

    गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन्भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले  गिनी–बिसाउका एक नागरिक सहित ३८जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ । 

    सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुङ्गा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको आईओएमले आज एक विज्ञप्ति निकालेर बताएको छ । दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार