आइतबार, जेठ ६ गते २०८१

यसरी सिर्जना भएको थियो बार्बी डल

यसरी सिर्जना भएको थियो बार्बी डल

अखबार दैनिक
बुधबार, साउन ३१ २०८०
  • यसरी सिर्जना भएको थियो बार्बी डल

    काठमाडौं । ‘आहा, बार्बी डल जस्तो देखिएकी छौ ।’ कोही सुन्दर युवतीको प्रशंसा गर्दा धेरैले प्रयोग गर्ने वाक्यांश हो यो । बार्बी डल यस्तो खेलौना हो, जसलाई देख्दा धेरैलाई आफ्नो बाल्यकालमा फर्काएर नोस्टाल्जिक बनाउँछ ।

    images

    बार्बी नाममा सिर्जना गरिएको यो खेलौनासँग हरेक बालबालिका खेल्न चाहन्थे । विशेषगरी छोरी मान्छेको लागि सबैभन्दा मनपर्ने खेलौना हो । तर यो पुतली कसरी बन्यो भन्ने कथा धेरै कमलाई थाहा छ । विश्वभरका बालबालिकाको बाल्यकाललाई विशेष बनाएको ‘बार्बी डल’ अहिले वृद्धा भएकी छिन् ।

    यद्यपि, अहिले पनि बार्बीकै नाम लिएर धेरैजसो व्यापार फस्टाएका छन् । बार्बीकै कथामा हालै हलिउड फिल्म ‘बार्बी’ रिलिज भयो । ग्रेटा जरविङ निर्देशित यो फिल्मले विश्वव्यापी रुपमै आक्रामक कमाइ गर्‍यो ।

    81zAU0AtIlL._AC_SL1500_.jpg

    कहिले आइन् बार्बी ?
    सन् १९५९ मा पहिलोपटक बार्बी डल बजारमा देखिइन् । उनले जेब्रा प्रिन्ट कपडा लगाएकी थिइन् । बजारमा आएको पहिलो बार्बी डल तीन डलरमा बिक्री भयो । सुरुकै वर्षमा नै तीन लाख ५० हजार बार्बी डल बिक्री भयो ।

    बार्बी के हो ?
    बार्बीको पूरा नाम बार्बरा मिलिसेन्ट रोबर्ट्स हो । उनको बुबाको नाम जर्ज रोबर्ट्स र आमाको नाम मार्गरेट हो । बार्बीले आफ्नो पढाइ न्युयोर्कमा गरिन् । जनावरप्रेमी उनीसँग जनावर मात्र ४० वटा थियो । जसमा बिरालो, कुकुर, घोडा, पान्डा र बाघ पनि समावेश छन् । उनको आफ्नै पिंक कलरको गाडी र जीप समेत थियो ।

    कहाँबाट आयो ?
    एक अमेरिकी बिजनेस वुमेन रुथ ह्याण्डलरले आफ्नी छोरी बार्बरालाई कागजबाट बनेको खेलौनासँग खेलेको देख्दा मानिस जस्तै देखिने खेलौना बनाउने जुक्ति आयो । त्यसपछि उनले त्यो कुरा श्रीमान् इलियटलाई बताइन् । इलियट एक खेलौना कम्पनीका संस्थापक थिए ।

    उनले एक जर्मन डल विल्ड लीलीलाई देखेर एउटा नयाँ पुतली बनाए । जसको नाम उनले आफ्नो छोरी बार्बराको  नाम मिलाएर  बार्बी राखे ।  बार्बीको धेरै जना साथी र भाइबहिनी पनि छन् ।

    बार्बीको करिअर
    बार्बीले आफ्नो जीवनमा थुप्रै भूमिका निभाइन् । बार्बीलाई बनाउने उद्देश्य यो पनि एक थियो । रकस्टारदेखि लिएर जनावरको डाक्टरसम्म गरी ८० वटा विधामा उनले काम गरिन् । बार्बीको पहिलो करिअर टीनएज फेसन मोडलको रुपमा थियो ।

    त्यसबेला केही एसियाली देशबाट बार्बीको ठाउँमा ‘फुल्ला’ नामको खेलौना आउँथ्यो । जसलाई मुस्लिम सभ्यताको हिसाबबाट डिजाइन गरिएको थियो । इरानमा बार्बी ड्रेसका कारण सारा र डारा नामको पुतली बनाइयो ।

    Ruth-Handler (1).jpg

    बार्बीको नामबाट धेरै व्यापार
    बार्बीको नाम यति चर्चित बन्यो कि एनिमेटेड फिल्म ‘टोय स्टोरी २’ र ‘टोय स्टोरी ३’ मा पनि बार्बीको भूमिका देखाइएको थियो । सन् २०१३ मा ताइवानमा बार्बीको थिममा पहिलो रेस्टुरेन्ट ’बार्बी क्याफे’ खोलियो ।

    त्यस्तै सन् १९८० मा अफ्रिकी नागरिकलाई मध्यनजर गर्दै ब्ल्याक बार्बी लन्च गरियो । बार्बीसँगै उसको गहना, कपडा, कस्मेटिक्स, भिडियो गेम र किताब पनि बजारमा पाइन्छ ।

    द इकोनोमिक टाइम्सका अनुसार विश्वभर फिल्म ‘बार्बी’ रिलिज भएसँगै रिटेलर पसलको बिक्री ह्वात्तै बढेको छ । यस्ता पसलहरुले उल्लेखनीय मात्रामा बार्बी हुप, झुम्का, अत्तर, जम्पसुट र लुगाहरु बिक्री गरिरहेका छन् ।

    बार्बी संकलन सौख
    अमेरिकामा स्ट्याम्प जम्मा गर्ने काम पछि डल संकलन दोस्रो सबैभन्दा बढी सौख हो । संसारमा एक लाखभन्दा बढी मानिसको बार्बी जम्मा गर्ने रुचि रहेको पाइएको छ । जर्मनीको बेटीना डोफमेनले १५ हजार बार्बी डल जम्मा गरेर सन् २०१३ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम समेत दर्ता गराएका छन् । बेटीनाले सन् १९९३ देखि बार्बी संकलन गर्दै आएकी छिन् ।
    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ