बुधबार, मंसिर ५ गते २०८१

८० वर्षीया रत्नकुमारी २.६४ जिपिए ल्याएर कक्षा १२ उत्तीर्ण

८० वर्षीया रत्नकुमारी २.६४ जिपिए ल्याएर कक्षा १२ उत्तीर्ण

अखबार दैनिक
बुधबार, साउन ३१ २०८०
  • ८० वर्षीया रत्नकुमारी २.६४ जिपिए ल्याएर कक्षा १२ उत्तीर्ण

    काठमाडौं : रत्नकुमारी सुनुवारले (८० वर्षीया) कक्षा-१२ उत्तीर्ण गरेकी छन्। बुधबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा-१२ को परीक्षाफलमा उनले २.६४  जिपिए ल्याएर उत्तीर्ण भएकी हुन्।

    images

    उनले वैशाख महिनामा सञ्चालन भएको परीक्षामा कोटेश्वर बहुमुखी क्याम्पसबाट परीक्षा दिएकी थिइन्। त्यसबेला ७९ वर्ष पूरा गरेर ८० वर्षमा पाइला टेकेकी रत्नकुमारीले कक्षा–१२ को परीक्षा दिइरहेको तस्बिर सामाजिक सञ्जालमा  भाइरल भएको थियो। 

    उनले  ८० वर्षको उमेरमा पढेर उनले ज्ञानका लागि‚ अध्ययनका लागि चाहना भए उमेरले छेक्दैन भन्ने प्रमाणित मात्र गरेकी छैनन्‚ एउटा गतिलो उदाहरण बनेकी छन्।

    उनले अहिले पढिरहेका युवापुस्ताका विद्यार्थीहरू बीचबाटाेबाटै पढाइ नछाडून् भन्ने उद्देश्यले पनि आफूले पढेको बताएकी छिन्। ‘पहिला महिला तथा पुरुषहरूले कक्षा ७/८ पढेर धेरैले छाडे, कोही विदेश गए, कोही अहिले नेपालमै छन्, अहिले उनीहरू पछुताइरहेका छन्, त्यसैले अब कसैले बीचमै पढाइ नछाडून्, मलाई देखेर पनि पढ्न उत्साहित हुन्, पढेर ठूलो मान्छे होऊन् भनेर म पढिरहेँ,’उनले भनिन्।

    उनको पढ्ने चाहना र लगावलाई देखेर कोटेश्वर बहुमुखी क्याम्पसले रत्नकुमारीकै अगाडि स्नातक (ब्याचलर)सम्म निःशुल्क पढाउने घोषणा गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ