बुधबार, मंसिर ५ गते २०८१

काठमाडौं महानगरपालिका : पहिलो चरणमा २ हजार ३ तीन सय विद्यार्थीले छात्रवृत्ति कोटामा पढ्न पाए (सूचीसहित)

काठमाडौं महानगरपालिका : पहिलो चरणमा २ हजार ३ तीन सय विद्यार्थीले छात्रवृत्ति कोटामा पढ्न पाए (सूचीसहित)

अखबार दैनिक
बुधबार, साउन ३१ २०८०
  • काठमाडौं महानगरपालिका : पहिलो चरणमा २ हजार ३ तीन सय विद्यार्थीले छात्रवृत्ति कोटामा पढ्न पाए (सूचीसहित)

    काठमाडौं : काठमाडौं महानगरपालिकाले पहिलो चरणको छात्रवृत्ति कोटामा अध्ययन गर्न छनोट भएका विद्यार्थीहरूको नाम सार्वजनिक गरेको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कक्षा-११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको म्याचिङ नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेको जानकारी दिए। 

    images

    महानगरपालिकाका प्रमुख शाहले सार्वजनिक गरेको सूची अनुसार २ हजार ३ सय २२ जनाले छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ। विज्ञान विषयमा १ हजार ४ सय ५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना र इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले छात्रवृत्ति कोटामा भर्ना हुन पाउने छन्। 

    ‘यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइनेछ, साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरूलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरूले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरू  सिफारिस गरिएका छन्,’उनले भने।

    उनका अनुसार प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं. अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं, श्रेणी, प्राथमिकता आदेश (प्रायरोटीज अर्डर) समावेश गरिएको छ। यसैगरी,  क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ।

     सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका नामावली रहेको उनले बताए।

    ‘यस कोलममा छात्रा, आदिवासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारू, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ’,उनले भने। आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने चाहना रहेको उनले बताए।

    ‘यसलाई निष्पक्ष र सन्तुलित बनाउन हामीले विकास गरेको प्रणालीमा आधारित नतिजा सार्वजनिक गरेका छौँ,’उनले भने,‘पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ, यसपछि हामी भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्नेछौँ।’  उनले शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति कोटाबाट भर्नाका आएका विद्यार्थीहरूलाई भर्नाका लागि सहजीकरण गर्न आग्रह गरे। 

    (पहिलाे चरणमा छनाेट भएका विद्यार्थीकाे नामावली)

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ