बुधबार, मंसिर ५ गते २०८१

गोरखामा त्रिशुलीको बाढीले हिक्लुङ पुलमा क्षति

गोरखामा त्रिशुलीको बाढीले हिक्लुङ पुलमा क्षति

अखबार दैनिक
सोमबार, साउन २९ २०८०
  • गोरखामा त्रिशुलीको बाढीले हिक्लुङ पुलमा क्षति

    २९ साउन, गोरखा । लगातारको वर्षाले गोरखा र धादिङ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

    images

    गोरखाको गण्डकी गाउँपालिका–६ हिक्लुङ र धादिङको वेनिघाट जोड्ने हिक्लुङ पुलमा आइतवार राती क्षति पुगेको स्थानीय भीमलाल चेपाङले बताए ।

    उनका अनुसार मानिस आउजाउ गर्न नमिल्ने गरी पुलको केही प्यानल बगाएको छ । ‘गएराती त्रिशुली बढेर पानी पुलभन्दा माथिसम्म आएपछि पुलमा क्षति पुगेको हो,’ उनले भने ।

    पुलमा क्षति पुगेसँगै हिक्लुङ, थुम्का, बालकीलगायतका स्थानीयलाई त्रिशुली नदी वारपार गर्न समस्या भएको उनले जानकारी दिए । २०७५ सालमा उक्त पुल बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ