बुधबार, मंसिर ५ गते २०८१

आमाबुवाले एउटा बच्चालाई ध्यान दिँदा अरू बच्चामा पर्छ नकारात्मक असर, डिप्रेसनको पनि खतरा

आमाबुवाले एउटा बच्चालाई ध्यान दिँदा अरू बच्चामा पर्छ नकारात्मक असर, डिप्रेसनको पनि खतरा

अखबार दैनिक
सोमबार, साउन २९ २०८०
  • आमाबुवाले एउटा बच्चालाई ध्यान दिँदा अरू बच्चामा पर्छ नकारात्मक असर, डिप्रेसनको पनि खतरा

    एजेन्सी - आमाबुवाले भन्ने गर्छन् – सबै आफ्नै छोराछोरी हुन् त्यसैले बराबरी माया लाग्छ । तर यो कुरा शत प्रतिशत साँचो होइन । आमाबुवाले अस्वीकार गर्छन् तर वास्तविकता के हो भने अभिभावकको पनि आफ्नो ‘गोप्य प्रिय’ सन्तान हुन्छन् । विभिन्न अनुसन्धानका अनुसार विश्वभरिका भिन्न–भिन्न संस्कृतिका ६५ प्रतिशत परिवारमा यस्तै हुन्छ । 

    images

    अनुसन्धानमा पाइए अनुसार बालबालिकाबीच यस्तो खालको व्यवहारले उनीहरूको मानसिक स्थिति र पारिवारिक सम्बन्धमा लामो समयसम्म नकारात्मक असर पर्छ । यस्तो व्यवहार भावनासँग सम्बन्धित समस्याको महत्त्वपूर्ण कारण मानिन्छ । 

    पेरेन्टल डिफरेन्सियल ट्रिटमेन्ट
    मनोवैज्ञानिकले यसलाई पिडिटी अर्थात् प्यारेन्टल डिफरेन्सियल ट्रिटमेन्ट नाम दिएका छन् । विशेषज्ञका अनुसार बालबालिकाले निकै कम उमेरदेखि नै व्यक्तिको व्यवहार बुझ्ने गर्छन् । आमाबुवाले आफूसँग र अन्य भाइ बहिनीसँग कस्तो व्यवहार गर्छन् बच्चाले राम्रोसँग बुझ्छन् । 

    यसले गर्दा बालबालिकामा आत्मसम्मानमा कमीका साथै चिन्ता, डिप्रेसन र जोखिमयुक्त व्यवहार जस्ता समस्या सुरु हुन्छन् । क्यानडामा घरबाट भागेका ८ बालबालिकामध्ये ७ यस कारण भागेका थिए किनभने उनीहरूलाई लाग्थ्यो कि उनीहरूका आमा–बुवाले उनका भाइ–बहिनीमाथि बढी ध्यान दिन्छन् ।

    बालबालिकालाई यस्तो लाग्यो भने कारण सोध्नुपर्छ
    आमाबुवाले आफ्ना छोराछोरीलाई यस्तो किन लाग्छ भनेर सोध्न सक्छन् । उनीहरूको कुरा सुनेपछि आफूले पनि गल्ती छ भने सच्याउने र छोराछोरीलाई पनि उनीहरुले बुझ्ने गरी यस्तो होइन, यस्तो हो भनेर सिकाउनुहोस् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ