काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि हल्कादेखि भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।
भारी वर्षासँगै नदीनालाको आसपास बाडी आउने सम्भावना रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।