मंगलबार, जेठ ८ गते २०८१

गर्भपतन गराउन गएकी महिलाको मृत्युपछि कैलाली प्रहरी कार्यालय घेराउ

गर्भपतन गराउन गएकी महिलाको मृत्युपछि कैलाली प्रहरी कार्यालय घेराउ

अखबार दैनिक
शुक्रबार, साउन २६ २०८०
  • गर्भपतन गराउन गएकी महिलाको मृत्युपछि कैलाली प्रहरी कार्यालय घेराउ

    धनगढी । धनगढीमा एक महिलाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएपछि आफन्तजनले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

    images

    प्रहरीका अनुसार उनी बिहीबार बिहान गर्भपतन गराउन क्लिनिक पुगेकी थिइन् । क्लिनिकले दिएको औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

    घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने एकजना फरार रहेको बताइएको छ । 

    जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले सञ्चालकविरुद्ध जाहेरी दर्ता भएको जानकारी दिए । एक जनालाई हिजै नियन्त्रणमा लिएको बताउँदै प्रहरी उपरीक्षक पालले फरार रहेका अर्का एक जनाको पनि खोजी भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार