नेपालमा फैलिरहेको आँखा पाक्ने रोगका प्रमुख लक्षणहरु :
• एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने
• आँखा धेरै चिलाउने
• आँखामा कचेरा लाग्ने तथा टासिने
• आँखाबाट आसु बगिरहने
• आँखा सुन्निने, दुख्ने / बिझाउने
• घाम तथा उज्यालो प्रकासमा हेर्न समस्या हुने
आँखा पाक्ने रोगबाट बच्ने उपायहरु :
• जथाभावी रुपमा आँखा नछुने / आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने
• सफा पानीले आँखा सफा गर्ने
• बिरामीहरुले प्रयोग गरेका तौलिया / रुमाल प्रयोग नगर्ने
• व्यक्तिगत सरसफाइमा ध्यान दिने
•आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने
•जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने ।