बुधबार, जेठ ९ गते २०८१

विषालु च्याउ खाँदा ६ जना चेपाङ बिरामी

विषालु च्याउ खाँदा ६ जना चेपाङ बिरामी

अखबार दैनिक
बुधबार, साउन २४ २०८०
  • विषालु च्याउ खाँदा ६ जना चेपाङ बिरामी

    २४ साउन, काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर किरामी परेका छन् ।

    images

    गाउँपालिकाको २ नम्बर वडाको औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए ।

    च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको लामाले बताए । उनका अनुसार विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

    च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारको लागि भरतपुर रिफर गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए । ‘आईसीयु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले रिफर गरेका छौं,’ कार्कीले भने ।

    राक्सिराङमा जंगली च्याउका कारण चेपाङ समुदायका स्थानीयले बर्सेनि ज्यान गुमाउने, गम्भीर विरामी हुने समस्या भोग्दै आएका छन् ।

    विषालु च्याउ

    प्रतिक्रिया दिनुहोस

    थप समाचार