बुधबार, मंसिर १२ गते २०८१

बागमतीले खतराको तह पार गर्यो, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

बागमतीले खतराको तह पार गर्यो, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

अखबार दैनिक
मंगलबार, साउन २३ २०८०
  • बागमतीले खतराको तह पार गर्यो, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

    २३ साउन, काठमाडौं । बागमती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    images

    बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा छ ।

    बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको छ । वर्षा जारी रहने सम्भावना छ । त्यसैले कोखाजोर खोला, मरिन खोला र आसपासका खोलामा आकस्मिक बाढीका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आज दिउँसो १ बजेसम्म उच्च सतर्कताका अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    यसैगरी बर्दियाको बबई नदीको चेपाङ बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको छ । बाढी बढ्दोक्रममा रहेकाले बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन महाशाखाले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार