आज गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी हुनु भएका छन । उहाले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गर्नु भएको हो । पन्तले एक हजार २१७ मत ल्याउदा भने आचार्यले एक हजार ७० मत ल्याउनु भएको थियो