सोमबार, साउन २८ गते २०८२

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने अस्ट्रेलियाको घोषणा

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने अस्ट्रेलियाको घोषणा

अखबार दैनिक
सोमबार, साउन २८ २०८२
  • प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने अस्ट्रेलियाको घोषणा

    अस्ट्रेलियाले‍ प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा अस्ट्रेलियाले प्यालेस्टानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएका हुन् । यसअघि, बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरिसकेका छन् ।

    images

    प्रधानमन्त्री अल्बानिजका अनुसार, प्यालिस्टिन प्राधिकरणले अस्ट्रेलियासँग केही प्रतिबद्धता जनाएको छ । जसमा सेना र हतियारमा कटौती, आमनिर्वाचन आयोजना र इजरायलको अस्तित्वलाई मान्यता दिने विषय समावेश छन् । “दुई राष्ट्र समाधान मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा ठूलो आशामध्ये एक हो,” उनले भने ।

    यता, युद्धविराम दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु आतंकवादलाई पुरस्कार दिनुजस्तै भएको बताएको छ । शनिबारदेखि अहिलेसम्म गाजामा भोकमरी र कुपोषणका कारण पाँच जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, कुल मृतकको संख्या २१७ पुगेको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ