सोमबार, साउन २८ गते २०८२

आमा बन्ने चाहना घटेपछि अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकाको जन्मदर

आमा बन्ने चाहना घटेपछि अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकाको जन्मदर

अखबार दैनिक
बिहीबार , साउन १० २०८२
  • आमा बन्ने चाहना घटेपछि अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकाको जन्मदर

    अमेरिकामा मानिसहरू बच्चा जन्माउन हिचकिचाइरहेका छन् । सन् २०२४ को तथ्याङ्कले यही कुरा बताउँछ ।गएको वर्ष अमेरिकामा प्रजनन दर अहिलेसम्मकै सबैभन्दा कम थियो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार, अमेरिकामा प्रत्येक महिलाले १ दशमलव ६ भन्दा कम बच्चा जन्माइरहेका छन् ।

    images

    कुनै समय अमेरिकामा औसत प्रजनन दर प्रति महिला २ दशमलव १ बच्चा थियो । तर पछिल्ला दुई दशकमा, अमेरिकामा प्रजनन दरमा भारी गिरावट आएको छ । अहिले त्यहाँका महिलाहरूले बच्चा जन्माउन कि त लामो समय लिइरहेका छन् कि भने बच्चा नै जन्माइरहेका छैनन् ।

    नयाँ तथ्यांक पश्चिमी यूरोपेली देशकै जन्मदरका हाराहारीमा भएको विश्व बैंकको डेटाले देखाएको छ । हालैका समयमा जन्मदरमा आएको कमीबाट चिन्तित ट्रम्प प्रशासनले घट्दो जन्मदरलाई उकास्न आईभीएफ गर्दा लाग्ने लागत घटाउन र बेबी बोनसको अवधारणालाई समर्थन गर्न कार्यकारी आदेश जारी गर्ने काम गरेको थियो ।तर एकाथरी विज्ञहरूले भने अहिले नै चिन्ता गर्नु पर्ने अवस्था भइनसकेको भनेका छन् । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ