काठमाडौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा भुटानमाथी नेपालले शानदार जित निकालेको छ । मंगलबार मलेसियामा भएको खेलमा नेपालले भुटानलाई २९८ रनले हराएको हो । ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा अलआउट हुँदै ६० रन मात्र बनाउन सक्यो ।
भुटानलाई अलआउट गराउन नेपालका लागि विपिन शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २र२ विकेट लिए ।